‘संघीय निजामती सेवा ऐन समयमा नआउँदा कर्मचारी व्यवस्थापनमा समस्या देखियो’ 

July 4, 2024
- ADVERTISEMENT -

काठमाडौं,असार २०- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा ऐन समयमा नै आउन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको बताएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले मुलुक संघीयतामा गएको लामो समय हुँदा पनि आवश्यक ऐन समयमा नै ल्याउन नसक्दा संघ र प्रदेशको कर्मचारी व्यवस्थापन गर्न कठिन भएको बताएका हुन् ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा आफूले निकै दबाब महसुस गरेको उनको भनाइ छ । उनले निश्चित मापदण्ड नहुँदा स्थानीय तहमा खटाएका कर्मचारी कार्यस्थलमा जान नखोज्ने र गएका कर्मचारीहरूलाई पनि हाजिर गर्न नदिने प्रवृत्तिहरू देखा परेको धारणा राखे । मुलुकको राजनीतिक अस्थिरताका कारण पनि मन्त्रालयमा गएर सहज रूपमा काम गर्न नसकेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

उनले प्रदेश तथा स्थानीय तहमा सम्बन्धित निकायको अनुरोधमा सरकारबाट कर्मचारी व्यवस्था गरिँदै आएको जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -