विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह सूचीकृत

July 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,असार २०- विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह परेका छन् ।
पछिल्लो समय समुद्रपार व्यापारमा व्यापक वृद्धि भएसँगै ९ वटा भारतीय
बन्दरगाह उत्कृष्ट बन्दरगाहको सूचीमा परेका हुन् ।विश्व बैंकएसएण्डपी ग्लोबल मार्केट इन्टिलिजेन्सले सार्वजनिक गरेको सूचीमा परेका भारतीय बन्दरगाहहरुमा भीसाखापट्नम बन्दरगाह सबैभन्दा माथि छ । यो बन्दरगाह उक्त सूचीको १९ औँ स्थानमा रहेको छ । त्यसपछि मुन्द्रा बन्दरगाह सूचीको २७ औँ स्थानमा छ ।

त्यसपछि पिपाभाव, कमराजर, कोचिन, हजारिया कृष्णापट्नम चेन्नइ र जवाहरलाल नेहरु बन्दरगाह क्रमशः ४१ औँ, ६३ औँ, ६८ औँ, ७१ औँ, ८० औँ र ९६ औँ स्थानमा परेका छन् ।यो सूचीमा दक्षिण एसियाका थप दुई बन्दरगाह पनि परेका छन् । जसमा श्रीलंकाको कोलम्बो बन्दरगाह ४० औँ र पाकिस्तानको कराँची ६१ औँ स्थानमा रहेका छन् ।




- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -