डेंगु संक्रमण बढ्दै, ११ दिनमा १६४ जनामा पुष्टि

July 4, 2024
xr:d:DAFDpQdMl6A:194,j:33758891649,t:22082606
- ADVERTISEMENT -

काठमाडौँ,असार२०- देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

पुस मध्यदेखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइपुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जसअनुसार ११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन् ।

ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ । हुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -