चितवन, असार २०-
चितवन जिल्लामा मानवअधिकार सम्बन्धी उल्लङ्घनका घटनाहरु उस्तै रहेका छन् । जवरजस्ती करणी, बलात्कार, हत्या, बाल यौन दुव्र्यबहार, बहु बिबाह, मानव बेचबिखन जस्ता कार्यहरु अझै घट्न सकेका छैनन् । औनपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनका अनुसार, पछिल्लो छ महिनामा मात्रै जिल्लामा ४२ वटा यस्ता हिंसाका घट्ना घटेको तथ्यांक सार्वजनिक गरेको छ । बुधबार भरतपुरमा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५को अर्ध वार्षिक समिक्षा कार्यक्रममा इन्सेकलले सन् २०२३मा जिल्लामा एक सय १४ वटा घट्ना घटेको जानकारी दिएको छ ।
- ADVERTISEMENT -
इन्सेस चितवनका प्रतिनिधि दिपेन्द्र अघिकारी अनुसार, पछिल्लो छ महिनामा जवरजस्ती करणी र बाल यौन दुव्र्यबहारका घट्ना बढी भएका छन् । यो छ महिनाको अवधिमा १७ वटा घट्ना जवरजस्ती करणीका भएका छन् । त्यसमध्ये सबैभन्दा पीडित बालिका बढी छन् । ११ जना बालिका जवरजस्तीकरणीमा परेका छन् भने ६ जना महिला रहेका छन् । अघिल्लो वर्ष ४३ वटा घट्ना जवरजस्तीकरणीका भएका थिए । यो छ महिनामा १३ जना बालिकालाई यौन दुव्र्यबहार भएको उनले जानकारी दिए । २ जनालाई बलात्कारको प्रयास भएको छ । बहुबिबाह ७, हत्या ३ र मानव बेचबिखनका घट्ना १ वटा भएको इन्सेकको तथ्यांकमा उल्लेख गरिएको छ । यस वर्ष जिल्लामा अपहरण, जातीय भेदभाव, बालबिबाहका घटना भएका छैनन् । इन्सेकले जिल्ला प्रहरी कार्यालय, पीडित, सरकारी वकिल कार्यालय र जिल्ला अदालत कार्यालयबाट सूचना लिएर आफ्नो प्रतिवेदन बनाउने गर्दछ ।
- ADVERTISEMENT -