कालिका -५ को कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डा फरफराईयो

July 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका, असार १९ – कालिका नगरपालिकाको वडा नं- ५ को कार्यालय परिसरमा नेपालको राष्ट्रिय झण्डातोलन गरिएको छ । वडा कार्यालयले कार्यालय परिसरमा नेपाल र नेपालीको राष्ट्रिय सान निरन्तर फरफराई रहोस भन्ने उद्देश्यले नेपालको राष्ट्रिय झण्डा राखिएको हो ।

यस अघिपनि कार्यालय माथी सानो आकारको राष्ट्रिय झण्डा फरफराउँदै आएको थियो । यो सँगै वडा कार्यालयमा दुईवटा राष्ट्रिय झण्डा फरफराउन थालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

वडाले कार्यालय परिसरमा ठूलो आकारमा राष्ट्रिय झण्डा फरफराएसँगै वडा कार्यालयको चौरमा वृक्षा रोपण गरेको छ ।वडा परिसरलाई सुन्दर र हरियाली पार्क जस्तै बनाउने गरी वृक्षा रोपण गरिएको वडा अध्यक्ष दीपकवहादुर भट्टराईले जानकारी दिनुभयो । वडा परिसरलाई अझै सुन्दर बनाउने योजना बाँकी रहेको उहाँले सुनाउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -