कालिका, असार १९ – कालिका नगरपालिकामा सव इन्जिनियर पदमा कार्यरत मोहन श्रेष्ठलाई विदाई गरिएको छ ।
श्रेष्ठ हाल कालिकाको वडा नं. १ र ५ मा रहेर कामगर्दै आएका थिए ।
- ADVERTISEMENT -
चन्द्रागिरी नगरपालिकामा सरुवा भएपछि नगर प्रमुख विनोद रेग्मी, उपप्रमुख विमला तमाङ, वडा अध्यक्ष दीपकवहादुर भट्टराई, कार्यपालिका सदस्य शान्ति महतो, फारमकुमारी ढकाल लगायत स्थानीय जनप्रतिनिधि, कर्मचारीले फुलमाला सहित खादा लगायर बिदाई गर्नुभएको हो ।
- ADVERTISEMENT -
विदाई कार्यक्रममा वडा नं. ४ र ५ का संस्थापक अध्यक्षहरु कृष्ण कुमार श्रेष्ठ र जिएन महतोको पनि उपस्थ्तिी थियो ।कालिका नगरपालिकाको वडा नं. १,२,३ र ५ मा ४ वर्ष ४ महिना काम गरेर विदाई भएका हुन । विदाई कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले नगरमा मोहन श्रेष्ठको योगदान स्मरणगर्न लायक रहेको बताउनुभयो ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -