चितवन, असार १९–
चितवनमा पहिलोपटक आयोजित सेन्ट्रल कजेज खुला इण्डोर क्रिकेट प्रतियोगिताको उपाधि भैरहवाको ग्राण्ड कसमो क्लवले जितेको छ ।
- ADVERTISEMENT -
नारायणगढ बाह्रघरेस्थित क्यासी स्पोट्र्स एण्ड रिक्रियसनल सेन्टरमा चारदिन सम्म चलेको प्रतियोगितामा अपराजित रहँदै ग्राण्ड कसमोले उपाधि जितेको हो । मंगलबार राति भएको फाइनल खेलमा चितवनको टिम सेन्ट्रल ‘ए’ लाई २ रनले पराजित गर्दै ग्राण्ड कसमोले उपाधि जितेको हो । ८ ओभरमा ४६ रनको लक्ष्य पछ्याएको टिम सेन्ट्रल ४३ रनमा अलआउट हुन पुग्यो । उपाधिसंगै ग्राण्ड कसमोले ट्रफी, मेडल र नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।
- ADVERTISEMENT -
उपविजेतामा चित्त बुझाएको टिम सेन्ट्रलले ट्रफी, मेडल र नगद २५ हजार रुपैयाँ प्राप्त ग¥यो । विजेता र उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टरका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी)ले पुरस्कार प्रदान गरे । सो क्रममा बोल्दै पौडेलले चितवनको खेल क्षेत्र र क्रिकेटलाई सेन्ट्रल कलेजले जहिल्यै माया गर्ने बताए । उनले आगामि दिनमा यस खालका कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
- ADVERTISEMENT -
फाइनल खेलको प्लेयर अफ दि म्याच ग्राण्ड कसमोका सेहजाद आलम घोषित भए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी आलम नै भए । उनले नगद २ हजार, मोबाइल फोन, स्नुक्स क्याफेको तर्फबाट गिफ्ट भौचरलगायतका उपहार प्राप्त गरे । बेस्ट व्याट्सम्यान ग्राण्ड कसमोका अमित पाठक भए भने बेस्ट बलर शुशील न्यौपाने भए ।
- ADVERTISEMENT -
खेलकुद संसार युथ क्लवको आयोजनामा भएको प्रतियोगितामा कुल १६ टिम सहभागि थिए ।