मदन भण्डारी स्मृति प्रतिष्ठानले उर्लाबारीमा उपभोग गर्दै आएको जग्गा सरकारलाई फिर्ता गर्न माग

July 3, 2024
- ADVERTISEMENT -

मोरङ,असार १९– मदन भण्डारी स्मृति प्रतिष्ठानले मोरङको उर्लाबारी नगरपालिकामा उपभोग गर्दै आएको जग्गा पुनः नेपाल सरकारलाई फिर्ता गर्न स्थानीयले माग गरेका छन्।

उर्लाबारी नगरपालिका–३ मा रहेको प्रतिष्ठानले भोगचलन गर्दै आएको करिब १७ बिघा ४ कठ्ठा १० धुर क्षेत्रफल जग्गा नेपाल सरकारकै स्वामित्वमा फिर्ता हुनुपर्ने मागसहित स्थानीय मंगलबारे युवा क्लबले हस्ताक्षर अभियान अघि बढाएको हो।

क्लबका अध्यक्ष पिपलराज गिरीले १६ वर्षदेखि प्रतिष्ठानले स्वास्थ्य संरचना निर्माण गर्न नेपाल सरकारसँग जग्गा भाडामा लिएको र हालसम्म केही निर्माण नभएको हुँदा हस्ताक्षर अभियान अघि बढाइएको जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

अर्कोतर्फ, प्रतिष्ठानका सचिव अग्निप्रसाद भट्टराईले नेपाल सरकारसँग २५ वर्षका लागि जग्गा भाडामा लिएको बताए। केहीसमय अघि स्थानीयले खेलकुदका लागि जग्गा प्रयोग गर्न माग गरे बताएका सचिव भट्टराईले भने, ‘केही महिनाअघि उहाँहरूले सो जग्गामा खेलकुद संरचना बनाउन र खेलकुदका लागि उपलब्ध गराउन भन्नुभएको हो। तर, सबैको पहलमा खेलकुदका लागि सालबारीमा खेलमैदान बनाइएको छ।’

- ADVERTISEMENT -

Advertisement

खेलकुदका लागि सो स्थान उपलब्ध गराउँदा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई अवरोध हुनसक्ने बुझाई प्रतिष्ठानको रहेको छ। नेपाल सरकारसंग सो क्षेत्रफलमा चिकित्सा क्षेत्रको संरचना तयार गर्न लिइएको र त्यसका लागि प्रक्रिया भइरहेका सचिव भट्टराईले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

स्थानीय क्लबका अनुसार प्रतिष्ठानले उपयोग गर्न नसकेको सो जग्गामा केही ब्यक्तिलाई भाडामा लगाएर मौरीपालन, तरकारी खेतिदेखि गाईचरण बनाएको छ। क्लबका अध्यक्ष गिरीले विगत पाँचदिनबाट जग्गा नेपाल सरकारकै स्वामित्वमा जानुपर्ने मागसहित करिब १ हजार ६ सय सर्वसारधाणको हस्ताक्षर संकलन गरिएको बताए।

उनले भने, ‘अहिले हामीले प्रयोगविहीन अवस्थामा रहेको जग्गामा फिर्ता गर्न अभियान चालेका हौ। त्यसक्रममा नगरपालिकाको प्रवेशद्धारमा हस्ताक्षर अभियान सुरु गरेका हौँ।’

हस्ताक्षरका क्रममा रहेको स्थानीय सामाजिक अभियान्ता विजय माझीले भने, ‘सरकारसंग स्वास्थ्य संरचना बनाउनका लागि प्रतिष्ठानले जग्गा भोगचलन गरेको लामो समय वितिसकेको छ। तर, सो स्थानमा केही निर्माण हुन सकेको छैन। प्रतिष्ठानले संरचना बनाउन नसक्ने हुँदा प्रयोगविहीन बनाउनु भन्दा सरकारले स्वामित्व फिर्ता लियोस भन्ने कुरा हो।’

त्यसैगरी, सोही वडाका अध्यक्ष भीष्मराज बुढाथोकीले जग्गा नेपाल सरकारकै रहेको जानकारी दिए। वर्षा र बाढीका कारण खोलाकिनारमा रहेको बताउँदै उनले भने, ‘सरकारी जग्गामा संझौता अनुसार प्रतिष्ठानले संरचना बनाउने भनेको हो। अहिले के हुदैछ मैले जानकारी लिन पाएको छैन।’ तत्कालिन अवस्थामा सरकारसंग गरिएको सम्झौता सार्वजनिक गर्न, सो सम्पत्तीको उचित प्रयोग सुनिश्चित गर्न क्लबले माग गरेको छ।

स्थानीयका अनुसार सो जग्गामा बक्राह खोलाको तटबन्ध निर्माण गर्नका लागि २०५५ सालदेखि चीनको एक ओपेक कम्पनीले सब डिभिजन वन कार्यालयसंग भाडामा लिएको हो। कम्पनीले आफ्नो काम सकेर फर्किएपछि स्थानीयले त्यस स्थललाई खेलकुद मैदानका रुपमा प्रयोग गर्दै आएका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -