माधवलाई अध्यक्ष र रामकुमारी झाँक्रीलाई उपाध्यक्ष बनाउने कसरत

July 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार १९- नेकपा (एकीकृत समाजवादी)को १० औँ राष्ट्रिय महाधिवेशन लम्बिने भएको छ । असार १६ देखि २० गतेसम्मलाई निर्धारण भएको महाधिवेशन चौथो दिनसम्ममा विभिन्न दस्ताबेजमाथिको छलफल सकेर निष्कर्ष सुनाउने क्रम जारी छ ।

प्रस्तुत प्रतिवेदनहरूमाथि प्रतिनिधिहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भएको हो । छलफलको निष्कर्ष सुनाएपछि हलबाट दस्ताबेज पारित गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुने सो पार्टीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

‘बुधबार बेलुकासम्म प्रतिवेदनको निष्कर्ष सुनाउने क्रम सकिन्छ र पारित हुन्छ’, उपमहासचिव जगन्नाथ खतिवडाले भने, ‘त्यसपछि बल्ल निर्वाचन प्रक्रिया सुरु हुन्छ ।’ नेता खतिवडाले सकभर २० गतेभित्रै महाधिवेशन सक्ने प्रयास भइरहेको पनि बताए । तर नेतृत्वमा सहमति नजुटे र निर्वाचन प्रक्रियामा जानु परेको खण्डमा अझै एक दुई दिन समय थप गर्नुपर्ने अवस्था आउनसक्ने खतिवडाको भनाई छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -