काठमाडौं,असार१९- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्ट्याउने गरि संविधान संशोधन गर्ने आशंका बढेको बताएका छन् ।
- ADVERTISEMENT -
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा मुलुकको परिवर्तनलाई उल्ट्याउने गरि संविधान संशोधन गर्ने आशंका बढेको बताएका छन् ।
- ADVERTISEMENT -
बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा गुरुङले संविधान संशोधनको कुरा उठाउँदै सत्ता समीकरण हेरफेरले मुलुकको परिवर्तन नै खतरामा पर्ने आशंका भएको उल्लेख गरे ।
- ADVERTISEMENT -
उनले ०४७ सालको संविधानतर्फ मुलुकलाई लैजान खोज्ने प्रयास पश्चगामी र प्रतिगामी कदम भएको जिकिर गरे ।
- ADVERTISEMENT -
माओवादी केन्द्रको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार गठनको प्रयास भइरहँदा तयार नभएका दलहरूले मध्यरातमा त्यसैबारे हल्ला गर्दै सहमति गरेको उनको आरोप छ ।
गुरुङले वर्तमान सरकार छाड्नुपर्ने कुनै उल्लेख्य कारण नभए पनि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र भुटानी शरणार्थी प्रकरणमा केही व्यक्ति पक्राउको परिघटना हुनसक्ने आशंका गरे ।
महासचिव गुरुङले सरकार बनाउने नाममा संविधानको प्रावधानलाई उलंघन गर्ने काम गर्न नहुनेमा जोड दिए। उनले सरकारलाई दिएको समर्थन लिएमा प्रधानमन्त्रीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्ने जानकारी दिए ।