काठमाडौं,असार१९- काठमाडौंको थापाथलीस्थित बागमती नदीमा मृत फेला परेका पुरूषको सनाखत भएको छ।
मृतक काठमाडौंको मैतिदेवी बस्ने २४ वर्षीय गोविन्द बहादुर बोहोरा छन्।
- ADVERTISEMENT -
सोमबार साँझ ५ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीमा बागमती नदीले एक पुरूषलाई बगाएर ल्याएको थियो। त्यतिबेला ती पुरूषको सनाखत भएको थिएन।
- ADVERTISEMENT -
शव पोष्टमर्टमका लागि प्रहरीले मंगलबार नै फरेन्सिक मेडिसिन विभाग महाराजगन्जमा पठाएको थियो।
- ADVERTISEMENT -
बुधबार बिहान करिब १० बजे ती पुरूषको सनाखत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
- ADVERTISEMENT -
बैतडी पुचौडी नगरपालिका- ८ मल्लादेही घर भई काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ चारघरे बस्ने २८ वर्षीय बहादुर बोहोराले मृतकको सनाखत गरेका हुन्।
गोविन्द गत शनिबार पशुपति क्षेत्रबाट बेपत्ता भएका थिए। परिसरले यस घटनाको थप अनुसन्धान अघि बढाएको छ।