काठमाडौं,असार१९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाह गर्ने वा नगर्ने विषयमा पार्टीले निर्णय गर्नुपर्ने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै उनले आफ्नो विवाहकाबारे पार्टीले निर्णय गरिदिनुपर्ने बताएका हुन् ।
- ADVERTISEMENT -
‘गर्लफ्रेन्डको कुरा । मेरो जीवनकैबारे केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन । मैले बिहे नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्,’ ढकालले प्रस्तावमा लेखेका छन्, ‘केन्द्रीय समितिले नै केटी खोजेर योसँग गर भन्छ भने पनि तयार छु । वा, आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस् । जुन दिन यो निर्णय गर्न उपयुक्त लाग्छ त्यहि दिन गरिदिनुहोस् ।’
- ADVERTISEMENT -
ढकालले देश निर्माण र देश निर्माणका लागि पार्टी चाहिन्छ भनेर पार्टी निर्माणका लागि जीवन नै समर्पण गरेको स्मरण गराउँदै भनेका छन्, ‘गर्लफ्रेन्डको कुरा गरेर, मलाई त केही छैन, सहुँला तर ती नारीप्रति सम्मान गरिदिएको भए हुन्थ्यो ।
- ADVERTISEMENT -
‘म जान पाइन, एक जना नारी जाने ? मेरो साटो’ भनेर रडाको मच्चाउँदा पनि, सायद मुकुल ढकालसँग जोडिएको विषय । हो, कहाँबाट आउँछ मानव अधिकारका कुरा, महिला अधिकारका कुरा’, उनले भनेका छन् ।
- ADVERTISEMENT -
केही दिनअघि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले महामन्त्री ढकालले प्रेमिकालाई समानुपातिक सांसद बनाएको गम्भीर आरोप लगाएका थिए ।