काठमाडौं, असार १९- दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमल पोखरीमा पक्की संरचना निर्माण गरेयता पहिलो पटक पानी भरिएको छ।
तालभित्र पानी अड्याउनका लागि झन्डै ६० लाख रुपैयाँ खर्च गरिएको थियो।
- ADVERTISEMENT -
कमल पोखरी सुधार कार्य अन्तर्गत कुल लागत (भ्याट बाहेक) ५९ लाख, ७८ हजार ५ सय ९२ रुपैयाँ खर्चिएर बनाइएपछि ताल भित्र पानी अडिएको हो।
- ADVERTISEMENT -
त्यसअघि पोखरीमा विभिन्न निकायको डेढ करोड जति रकम खर्च भइसकेको थियो। तर, तालमा पानी नअडिएपछि त्यसको आलोचना भएको थियो । पछिल्लो समय दुइ करोड बढी खर्चेपछि बल्ल तालमा पानी अडिएको थियो।
- ADVERTISEMENT -
- ADVERTISEMENT -