मुम्बईमा अलपत्र अवस्थामा नेपाली बालिका फेला

July 3, 2024
- ADVERTISEMENT -

काठमाडौँ,असार १९- भारतको मुम्बई शहरमा एक नेपाली बालिका अलपत्र अवस्थामा फेला परेकी छन।

अन्दाजी १० वर्षको देखिने उक्त बालिका भारतको मुम्बई सहरको कुराला कपटिया नगरमा अलपत्र भेटिएकी हुन्। नेपालको बल्मी घर बताउने उनी आफ्नो नाम भने बताउन सकिरहेकी छैनन्। उनले आफू सिताराम चौधरीकी छोरी हुँ भनी बताएकी छिन् । नेपाली परिवार केही कामले बाहिर निस्केको बेला उनलाई राति बाटोको छेउमा बसिरहेको भेटाइएको प्रत्यक्षदर्शीले बताएका छन।

हाल ती बालिका मुम्बई कुरला कपाटिया नगरस्थित प्रहरी कार्यालयमा रहेकी बताईएको छ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले यदि कसैले सो बालिका पहिचान गरेको खण्डमा ९९२४६६४५७५ नम्वरमा सम्पर्क गरि सहयोग गर्न अनुरोध गरेको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -