तुलसीपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

July 3, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार १९- तुलसीपुरमा बाढीले बगाउँदा एक जना महिलाको मृत्यु भएको छ भने अर्की एक महिला बेपत्ता छिन्।

बबई नदीमा आएको बाढीले बगाउँदा तुलसीपुरमा एक महिला बेपत्ता भएकी हुन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ मटेराकी १९ वर्षीया सम्झना चौधरीलाई बुधबार बिहान बबई तर्ने क्रममा बगाएको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए।

बबई पारी आफन्त कहाँ जान खोजेकी चौधरीलाई बाढीले बगाएर बेपत्ता पारेको हो।बेपत्ता सम्झना स्थनीय २० वर्षीय रोशन चौधरीको श्रीमती रहेको तथा उनको खोजी कार्य स्थानीय र प्रहरी मिलेर गरिरहेका छन्।

- ADVERTISEMENT -

Advertisement

चौधरीको खोजीका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा ७ जनाको टोली र इप्रका मलबारबाट प्रहरी नायव निरीक्षक गणेशबहादुर सिंहको कमाण्डमा तीन जनाको टोली खटिएको छ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -