पोखरामा एटीएम मेसिन फुटाएर रकम चोरी गर्न खोज्ने समातिए

July 3, 2024
- ADVERTISEMENT -

पोखरा, असार१९-

पोखरा महानगरपालिका-५ जिरो किलोमा रहेको एनएमबी बैंकको एटीएम फुटाउन खोज्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका-३ घर भएका २३ वर्षीय रुपेश नेपाली छन् । उनले मंगलबार दिउँसो साढे २ बजेको समयमा जिरो किलोस्थित एनएमबी बैंकको एटीएम मेसिन फुटाएर रकम चोर्न खोजेका थिए ।

- ADVERTISEMENT -

Advertisement

तर रकम चोरी गर्न नपाउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका नेपालीविरुद्ध कास्की जिल्ला अदालतबाट चोरीको उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -