एजेन्सी, असार १८- भारतको उत्तर प्रदेश (यूपी)मा सत्सङ्ग चलिरहँदा मच्चिएको भागदौडमा परेर मर्ने मानिसको सङ्ख्या १०० नाघेको छ । उत्तर प्रदेशको हाथरसमा पछिल्लो मानवीय हताहती भएको हो ।
प्रदेश प्रहरीको आगरा जोन एडीजी कार्यालयले शवलाई कयौं स्थानमा लगिएकाले मानवीय क्षति अझै एकीन हुन नसकेको जनाएको छ ।
- ADVERTISEMENT -
प्रत्यक्षदर्शीहरूले सो भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाथरस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत दिने बताएका छन् ।
- ADVERTISEMENT -