कांग्रेस र एमाले मिलेर प्राप्त उपलब्धि उल्ट्याउने आशंका बढ्यो : नेसपा यादव समूह

July 2, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

,काठमाडौँअसार १८- नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादव समूहले राष्ट्रिय राजनीतिमा देखिएको उथलपुथलबारे पार्टीको गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै यादव समूहले देशका ठुला पार्टी मिलेर लोकतन्त्रलाई कमजोर पार्ने र संशोधनमार्फत प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र भएको विज्ञप्तिमा उल्लेख छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

‘सरकार फेरबदल सामान्य कुरा हो तर देशका ठुला पार्टीहरू नै मिलेर लोकतन्त्रलाई कमजोर पार्ने, संविधान संशोधन मार्फत प्राप्त उपलब्धि उल्ट्याउँदै जाने षड्यन्त्र त भइरहेको छैन भन्ने आशंका बढाएको छ’, विज्ञप्तिमा लेखिएको छ ।  

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

साथै अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले एकतर्फी महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगमा अद्यावधि गरेकोमा आपत्ति जनाएको छ । मंगलबार चैत ५ गते बसेको भट्टराई समूहको केन्द्रीय समिति बैठकले यादव समूहलाई कारबाही गरी अद्यावधिका लागि आयोगका निवेदन दिएको थियो । तर भट्टराई समूहको उक्त निर्णय अवैधानिक र अराजनीतिक भएको भन्दै रद्द गर्न यादव समूहले असार १३ गते आयोगमा निवेदन दिएको थियो । आवश्यक परे कानुनी उपचारका लागि जान तयार भएको विज्ञप्तिमा भनिएको छ । साथै माओवादी केन्द्रसँग विगतमा भएको एकताप्रति प्रतिबद्ध रहेको उल्लेख छ  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -