पोखरा,असार १८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।
मंगलबार अख्तियारले पोखरा महानगरको कार्यालयमा छापा मारेर कागजातहरू नियन्त्रणमा लिएको हो ।
- ADVERTISEMENT -
पोखरा महानगरले मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
- ADVERTISEMENT -
अख्तियारले सोही उजुरीको आधारमा छापा हानेर कागजातहरू नियन्त्रणमा लिएको छ ।
- ADVERTISEMENT -