ग्राभेल उत्खनन् गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु

July 2, 2024
- ADVERTISEMENT -

सिरहा, असार १८- सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ ।

नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।

सोमबार करिव ११ बजेबाट हराइरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

- ADVERTISEMENT -

Advertisement

आज बिहान गाउँकै एकजना खेत खन्न गएकोबेला कसहाबाला भन्ने बसन्त यादवको पोखरीमा शव तैरिरहेको अवस्थामा देखेपछि हामीलाई खवर गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले बताए।

- ADVERTISEMENT -

Advertisement

तत्काल पुगेका प्रहरीले आवश्यक प्रकृया पुरागरी शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ। यस क्षेत्रमा स्थानीय ग्राभेल माफियाहरूले जथाभावी ग्राभेल उत्खनन् गर्दा बनेको खाल्डोमा वर्षाको समयमा जमेको पानीमा डुबेर वर्षेनी बाल बालिकाहरूको मृत्यु हुने गरेको स्थानीयहरु बताउँछन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -