काठमाडौं, असार १८- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै सधैँभरी भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।
कांग्रेस–एमालेसँगको सहमतिपछि सामाजिक सञ्जाल एक्स मार्फत डा. भट्टराईले भनेका छन्– ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरी ठग्न सकिन्न ।’ सन्दर्भ बुझौँ ।
- ADVERTISEMENT -
आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय प्रचण्डसँग सम्बन्ध बिग्रिएको छ ।उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।
- ADVERTISEMENT -