कांग्रेस–एमाले सहमतिप्रति बालेनको टिप्पणी, भन्छन्– ‘काले काले मिलेर खाऊँ भाले’

July 2, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार १८- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यप्रति कडा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले चिया पिउँदै गरेको फोटो राखेर व्यंग्यात्मक टिप्पणी गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊँ भाले ।’

- ADVERTISEMENT -

Advertisement

मुलुकमा एकाएक विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर बालेनले उक्त टिप्पणी गरेका हुन् ।गएराति कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि नयाँ समीकरण बनाएर अघि बढ्ने सहमति भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

गिरिबन्धु टी–स्टेट प्रकरणबारे कांग्रेस र एमालेले एकअर्कालाई आक्षेप लगाउँदै आएका थिए । तर अहिले सत्ता सहकार्यमा सहमति गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

सरकारमा रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले टी–स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाउँदा एमाले अध्यक्ष ओलीले कांग्रेसले ७० बिघा जग्गा बेचेर कमिसन खाएको बताएका थिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टी–स्टेट प्रकरणमा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -