काठमाडौं,असार १७- मुलुकी संहितामा रहेको बहुविवाह सम्बन्धी प्रावधान एकपक्षीय भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बहुविवाहसम्बन्धी कानून पुरुषलाई मात्रै नभएर महिलालाई पनि समान रूपमा लागु हुनुपर्ने रिटमा माग गरिएको छ ।
अधिवक्ता अनु भट्टराईले महिलालाई पनि पुरुष सरह बहुविवाहको सजाय हुनुपर्ने माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकी हुन् । सोमबार दर्ता भएको रिटमा मंगलबार सुनुवाइको मिति तोकिएको छ ।
- ADVERTISEMENT -
भट्टराईले रिटमा भनेकी छिन्,‘पुरुषहरूले सहजै रूपमा दोस्रो विवाह गर्न नसक्ने उत्कृष्ट कानून भएता पनि विवाहित महिलाहरूले सहजै रूपमा अविवाहित पुरुषसँग विवाह गर्न सक्ने स्थिति हाल नेपालमा रहेको छ । परिणामस्वरुप नेपालमा महिलाहरूले यस असमान कानूनको भरपुर फाइदा उठाई पहिलो श्रीमानसँग डिभोर्स नै नगरी दोस्रो विवाह गरिरहेको पाइन्छ ।’
- ADVERTISEMENT -
महिलालाई बहुविवाह गर्न कानूनले नै छुट दिएको भन्दै भट्टराईले यस्तो कानूनलाई सच्याउन र महिलामाथि पनि पुरुषसरह बहुविवाहमा कारबाही गर्ने कानूनी व्यवस्था गर्न आदेशको माग गरेकी छिन् ।
- ADVERTISEMENT -
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटमा अधिवक्ता अनुले बहुविवाह सम्बन्धी कानुन संशोधन गर्न आवश्यक देखिएको उल्लेख गरेकी छिन् ।
- ADVERTISEMENT -
‘अविवाहित पुरुषसँग दोस्रो बिहे गर्ने बित्तिकै महिलाको पहिलो स्वतः बदर हुन्छ । भट्टराई भन्छिन्, ‘विवाहित पुरुषसँग बिहे ग¥यो भने पुरुषलाई मात्र बहुविवाहको कानून आकर्षित हुन्छ । महिलालाई छुट्टै कारबाही गर्ने कानुन नभएकै कारणले कतिपय महिलाले बहुविवाहलाई सामान्य मान्दै आएका छन् ।’
उनी भन्छिन्, ‘बहुविवाह भनेको पुरुषले मात्रै गर्न सक्छ भन्ने मानसिकता भत्काउन आवश्यक छ । ’
अधिवक्ता भट्टराईले यसअघि ‘लिभिङ टुगेदर’ लाई वैधानिकता दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएकी थिइन् ।