चितवनका शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीच फुटसल हुँदै

July 1, 2024
- ADVERTISEMENT -

चितवन,असार १७- चितवनका शैक्षिक परामर्श व्यवसायी र खेल पत्रकारबीच फुटसल प्रतियोगिता हुने भएको छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा प्रतियिगोता आयोजना गरेको हो ।

प्रतियोगिता मंगलबार खेलकुद पत्रकार दिवसको दिन हुनेछ । प्रतियोगितामा नेपाल शैक्षिक परामर्श संघ चितवनको दुई तथा नेपाल खेलकुद पत्रकार मञ्च चितवनको दुई गरी चार टोली सहभागी हुनेछन् । उक्त प्रतियोगिता भरतपुर ७ गौतमचोकस्थित चितवन फुटसल एण्ड स्पोर्टस जोनमा हुने संघका अध्यक्ष दीपकचन्द्र भट्टराईले जानकारी दिए । कार्यक्रम बिहान ७:३० बजेबाट सुरु हुनेछ ।

प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी र मेडल प्राप्त गर्नेछ । ईक्यानको वार्षिक क्यालेन्डर अनुसार नै प्रतियोगित आयोजना गरिएको भट्टाराईले बताए । खेल क्षेत्रको बिकासमा पत्रकारहरुको भूमिकालाई मुल्याङ्कन गर्दै ईक्यानले यस कार्यक्रमलाई वार्षिक क्यालेन्डरमा नै समावेश गरेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -