वन्यजन्तुका कारण विद्यार्थी जोखिममा

July 1, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाँके, असार १७-

वन्यजन्तुका कारण बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका विद्यालयका विद्यार्थी जोखिमपूर्ण अवस्थामा छन् । साँझ र बिहानको समयमा निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालय आवतजावत गर्दा वन्यजन्तुको आक्रमणको जोखिम बढेको हो ।

- ADVERTISEMENT -

Advertisement

वन्यजन्तुको डरले बालबालिका त्रसित हुने गरेका कोहलपुर नगरपालिका– १३ स्थित बाल शिक्षा माविका प्रधानाध्यापक तर्क खत्रीले बताउनुभयो । खुला विद्यालयलाई तारबार गरी सुरक्षित गर्न निकुञ्जलगायत सरोकारवाला निकायको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र १८ विद्यालय रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तु आक्रमणको जोखिम बढेको हो । विद्यालय समयमा विद्यार्थी एक्लै हिँड्नुभन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका सहायक संरक्षण अधिकृत उमेश पौडेलले बताउनुभयो । उहाँका अनुसार बालबालिकालाई वन संरक्षण र त्यसबाट हुने जोखिमबारे अभिभावक तथा शिक्षक दुबैले सचेत गराउनुपर्ने र जथाभावी वनजङ्गल जान नहुनेबारे सचेत गराइएको छ ।

- ADVERTISEMENT -

Advertisement

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले तारबार गर्नुपर्ने स्थानीयको माग छ । रासस

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -