स्याउलीबजारमा बालअधिकारबारे अभिमुखीकरण

July 1, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर, असार १७- टोल सुधार समिति स्याउलीबजार तथा आमा समूहको संयुक्त आयोजनामा धान दिवसको अवसर पारेर टोलभित्रका १२ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि बालअधिकारसम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

टोल सुधार समितिका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथि रहेका थिए । समितिका उपाध्यक्ष बद्रि पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थापक सदस्य एवं बाल अभियन्ता, सहजकर्ता दयाराम कँडेल तथा टोलका पूर्वअध्यक्ष शारदा शर्मा पौडेलले सहजीकरण गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

सो अवसरमा ११ सदस्यीय बाल क्लब गठन गरिएको थियो । टोलका निवर्तमान अध्यक्ष मधुसूदन ढकाल, पूर्वअध्यक्ष भुवन आचार्य आमा समूहकी अध्यक्ष निर्मला पौडेललगायतले बालबालिकाहरुको अधिकारसम्बन्धी चर्चा गरेका थिए । कार्यक्रम टोलका सचिव रामकृष्ण श्रेष्ठले सञ्चालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -