बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किए

July 1, 2024
- ADVERTISEMENT -

काठमाडौं,असार १७-– भारतको बिहारमा दश दिनभित्र पाँच वटा पुल भत्किएका छन् । राज्यको अररिया, सिवान, पूर्वी चम्पारण, किशनगञ्ज र मधुबनी जिल्लामा पुलहरू भत्किए पछि यसको चर्चा सबै तिर भइरहेको छ । भत्किएका पाँच पिल मध्ये तीमध्ये तीन वटा निर्माणाधीन र दुई वटा निर्माण भइसकेका रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ग्रामीण निर्माण विभागका पुल कन्सल्टेन्ट इन्जिनियर बीके सिंहले अररियाको बक्रा खोलामा भत्किएको पुलबाहेक बाँकी सबै ‘दुर्घटना’ भएको दाबी गरेको रिपोर्टमा उल्लेख छ । राज्यमा पहिलो पटक १८ जुनमा, अररिया जिल्लाको सिक्टी ब्लकमा पुल भत्किएको थियो । यो पुल अररिया, सिक्टी र कुर्साकान्तका दुई ब्लक जोड्न निर्माण भइरहेको थियो ।

जुन १८ को दिउँसो २ बजे सिक्टीको पण्डरिया घाट नजिक बनेको यो पुलका दुई पिलर पूर्णरुपमा भत्किएको थियो भने छ वटा पिलरमा क्षति भएको थियो । वर्षाका कारण बक्रा नदीको पानीको बहाव बढेपछि पुलको चाप सहन नसकेर उद्घाटनअघि नै भत्किएको थियो ।

- ADVERTISEMENT -

Advertisement

त्यसपछि जुन २२ मा बिहारको सिवानको गण्डक नहरमा बनेको कल्भर्ट भत्कियो । महाराजगञ्ज र दारुण्डा ब्लक जोड्ने यो कल्भर्ट ३४ वर्ष पुरानो थियो । स्थानीय बासिन्दाले बताए अनुसार यो पुलले पाटेधा र रामगढ नामक दुई पञ्चायतलाई जोड्ने गर्दथ्यो । यो २० फिट लामो थियो । गण्डक नहरमा पानी आएपछि ओभरफ्लो भएर तल खसेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -