परिस्थितिजन्य बाध्यतावश संन्यास लिएको रोहितको प्रतिक्रिया

July 1, 2024
- ADVERTISEMENT -

काठमाडौँ, असार १७- भारतीय टोलीले टी–२० विश्वकपको नवौँ संस्करणको उपाधि जिते लगत्तै टोलीका केही सिनियर खेलाडीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए । उपाधि जित्दाको क्षणलाई यी सिनियर खेलाडीले संन्यासका लागि उपयुक्त अवसरको रूपमा व्याख्या गरे ।

यसरी संन्यास लिनेमा कप्तान रोहित शर्मा, पूर्वकप्तान विराट कोहली, अनुभवी अलराउन्डर रवीन्द्र जडेजालगायतका खेलाडी थिए । तर, संन्यासको घोषणा गरेको एक दिनपछि नै रोहित शर्माको एउटा अभिव्यक्ति चर्चाको विषय बन्न पुगेको छ ।

रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नो संन्यास अप्रत्याशित भएको प्रतिक्रिया दिएका छन् । उनले संन्यास घोषणा गर्नु अघिसम्म पनि आफूले यस विषयमा केही नसोचेको बताएका छन् । रोहितको यो अभिव्यक्तिपछि उनले परिस्थितिजन्य अवस्थाका कारण यस्तो निर्णय लिएको अनुमान लगाउन थालिएको छ ।

- ADVERTISEMENT -

Advertisement

उनले एक अन्तरवार्ताका क्रममा भनेका छन्, ‘मैले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको विषयमा सोचेको पनि थिइन । तर, परिस्थिति नै यस्तो सृजना भयो । त्यसैले मैले उपाधि जितेको क्षणलाई नै संन्यास लिने उपयुक्त अवसर सम्झिएँ ।’

- ADVERTISEMENT -

Advertisement

खासमा पछिल्लो समय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले गौतम गम्भीरलाई भारतीय टोलीको प्रमुख प्रशिक्षक बनाउने तयारी अगाडि बढाएको छ । प्रमुख प्रशिक्षक राहुल द्रविडको कार्यकाल विश्वकप लगत्तै सकिएकाले बीसीसीआई नयाँ प्रमुख प्रशिक्षकको नियुक्त गर्ने तयारीमा जुटेको हो ।

- ADVERTISEMENT -

Advertisement

यसै क्रममा गौतम गम्भीरको नाम सबैभन्दा अगाडि छ । गौतम गम्भीरले भने प्रमुख प्रशिक्षक बन्नका लागि बीसीसीआई सक्षम केही माग अगाडि सारेका छन् । गौतम गम्भीरले बीसीसीआईसँग राखेको मागले भारतीय टोलीका कप्तान रोहित शर्मा, प्रभावशाली ब्याट्सम्यान विराट कोहलीजस्ता खेलाडीको खेलजीवन अप्ठ्यारोमा पर्न सक्ने सम्भावना थियो ।

उनले सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी रोहित शर्मा, विराट कोहली, रवीन्द्र जडेजा, मोहम्मद सामीलगायतका सिनियर खेलाडीका लागि अन्तिम खेल हुन सक्ने माग पनि राखेका छन् ।

यदि यी खेलाडीले च्याम्पियन्स ट्रफी क्रिकेटमा राम्रो प्रदर्शन गर्न नसके टोलीबाट हटाइनु पर्ने माग राखेका छन् । त्यसैले गम्भीर प्रमुख प्रशिक्षक बनेमा च्याम्पियन्स ट्रफीपछि यी सिनियर खेलाडी तीनवटै ढाँचाको प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना थियो ।

सम्भवतः रोहित शर्माले यही दबाबमा परेर आफूले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएकोतर्फ सङ्केत गरेका हुन् । रोहितले आगामी दिनमा पनि आफूले फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) भने खेल्ने बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -