‘अर्ली अधिवेशन’ गर्दै राप्रपा

July 1, 2024
- ADVERTISEMENT -

काठमाडौं,असार १७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘अर्ली अधिवेशन’ गर्ने भएको छ।

राप्रपा विधानअनुसार चार वर्षको अन्तरालमा अधिवेशन हुन्छ।

२०७८ मंसिरमा राप्रपाले केन्द्रीय महाधिवेशन गरेको थियो। साथै विधानमा विशेष परिस्थितिमा एक वर्ष म्याद थप गर्ने व्यवस्था छ।

- ADVERTISEMENT -

Advertisement

त्यसअनुसार राप्रपाले २०८३ मा केन्द्रीय महाधिवेशन गर्नेछ। तर जिल्ला अधिवेशन भने छिटै गर्ने राप्रपाको तयारी छ। यसका लागि आइतबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिल्ला अधिवेशन कार्यविधि २०८१ संशोधनसहित पारित गरेको छ।

- ADVERTISEMENT -

Advertisement

यो कार्यविधि संशोधन भएसँगै राप्रपाले अर्ली अधिवेशनको बाटो खुलाएको छ।

- ADVERTISEMENT -

Advertisement

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाले अर्ली अधिवेशन गर्न जिल्ला अधिवेशनको कार्यविधि २०८१ लाई संशोधन गरेको जानकारी दिए। उनकाअनुसार २०८२ वैशाखभित्रै सबै जिल्ला अधिवेशन सक्ने राप्रपाको तयारी हो।

स्थानीय तहको आगामी निर्वाचनभन्दा अघि नै जिल्ला अधिवेशनलगायत मातहत अधिवेशन गरेर संगठनलाई चुस्तदुरूस्त गर्न खोजिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

‘स्थानीय तहको आगामी निर्वाचन लगायतका निर्वाचनहरूलाई ध्यान दिएर नै राप्रपाले पार्टीको सबै तहको छिटो निर्वाचन गर्ने तयारी गरेको हो,’ उनले भने। 

राप्रपाले अधिवेशन गरेर संगठनलाई पुनर्ताजगी गर्न लागेको उनले बताए।

‘निस्कृय रहेका जिल्ला र मातहत सबै समितिलाई पुनर्ताजगी गर्न अर्ली अधिवेशन गर्न लागेका हौं,’ श्रेष्ठले भने, ‘नयाँ नेतृत्व र कार्यसमिति आएपछि जिल्लादेखि वडासम्म पार्टी संगठन थप चुस्तदुरूस्त पनि हुन्छ।’

अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिले संशोधन गरेको अधिवेशन कार्यविधिमा वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन गर्न निर्वाचन तालिका पनि समावेश गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

‘केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहनेछ,’ उनले भने, ‘जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले तोक्नेछ।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -