काठमाडौँ, असार १७- नेपालमा बर्खा सिजनमा देखापर्ने सरुवा रोगमध्ये एक हो ‘स्क्रब टाइफस’ । यो रोग उपियाँको टोकाइबाट मानिसमा सर्दछ । यो रोग उपियाँमा पाइने ‘ओरेन्सिया’ जीवाणुबाट लाग्ने भेरी अस्पतालका फिजिसियन डा. संकेत कुमार रिसालले बताए ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -
यो किर्ना प्रायः घरपालुवा जनावर, झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडीमा रहने गर्दछ । ‘टाइफस’ र ‘स्क्रब टाइफस’ दुई स्टेजको हुन्छ । जुम्रा, लामखुट्टे लगायतले टोकेमा टाइफस हुने र उपियाँ, किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ हुने रिसाल बताउँछन् ।
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- कसरी सर्छ ?
‘स्क्रब टाइफस’ मानिसबाट मानिसमा सर्दैन । नेपालमा गाई–भैँसी, बाख्रा लगायत पालिन्छ । समृद्ध समाजमा कुकुर लगायत विभिन्न जनावर पाल्ने गरिन्छ । यी जनावरहरूमा उपियाँ हुन्छन् । ती उपियाँले मानिसलाई टोकेमा सङ्क्रमण हुने डा. रिसालले बताए ।
अरु सिजनमा घर पालुवा चौपाया चरनका लागि बाहिर लैजाने भए पनि बर्खा सिजनमा घर छेउछाउको गोठमा रहन्छन् । मानिससँग सम्पर्क हुनासाथ उपियाँले मानिसलाई टोक्ने र ‘स्क्रब टाइफस’ को जोखिम बढी हुने डा. रिसाल बताउँछन् । ‘स्क्रब टाइफस’को जोखिम बाह्रै माहिना हुने भए पनि बर्खा सिजनमा बढी हुने उनको तर्क छ ।
गर्मीमा मानिसको स्वास्थ्य सामान्यभन्दा केही कमजोर हुन्छ । यस्तो अवस्थामा सङ्क्रमण हुँदा बढी जोखिम हुन्छ । ‘गर्मीमा पाचनप्रक्रिया डिस्टर्ब हुन्छ, हामी कमजोर भयो भने रोगले च्याप्ने हो,’ उनले भने, ‘घरपालुवा जनावर घरको वरिपरि हुन्छ । पानी पर्दा ती जनावर मानिससँग क्लोज हुने भए । गोठमा बस्ने भए, सो अवस्थामा सङ्क्रमण रेट बढी हुन्छ ।’
रिसालका अनुसार बर्खामा जनावर चरनमा नलैजाने भएपछि जङ्गल, खेतबारीमा घाँस काट्न जानुपर्ने हुँदा किर्नाले टोकेर ‘स्क्रब टाइफस’ को सङ्क्रमण हुन्छ । ‘यसका साथै बर्खामा किरा फट्याङ्ग्राहरू, उपियाँ एक्टिभ हुन्छन्,’ उनले भने, घाँस काट्न जाँदा, बस्तुभाउको स्याहार गर्दा किराहरूले टोक्न सक्छन्,’ उनले भने ।
- ‘स्क्रब टाइफस’ लक्षण
डा. रिसालका अनुसार ‘स्क्रब टाइफस’ भएमा ज्वरो आउने, मांसपेशीदेखि हड्डीसमेत दुख्ने लक्षण देखिन्छ । तर ज्वरो आउने बित्तिकै ‘स्क्रब टाइफस’ भएको अनुमान गर्न नसकिने उनको भनाइ छ ।
–खाना खान मन नलाग्ने,
–कमजोर महसुस हुने,
–मधुरो गतिबाट ज्वरो आएर १०२ डिग्रीसम्म शरीरको तापमान पुग्न सक्ने,
–लामो समय ज्वरो आयो भने शरीरमा रातो गोलो प्रकारको साना दाग देखिन थाल्छ ।
‘कुनै पनि रोग समयमा पहिचान गरी स्वास्थ्य उपचार गर्न सकिएन भने जटिलता हुन सक्छ,’ डा. रिसालले भने, ‘लामो समयसम्म शरीरमा ज्वरो रह्यो भने यसले विभिन्न अङ्गलाई सङ्क्रमण गर्न सक्छ । रगतमा टक्सिन पैदा गर्न सक्छ र बिरामीलाई जटिलता हुन सक्छ ।’
- जोगिने उपाय
रोग सङ्क्रमण फोहोरबाट हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । खेतबारीमा काम गर्दा वनजङ्गल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउन डा. रिसालको सुझाव छ । सकेसम्म झुल लगाएर सुत्न पनि उनले सुझाव दिए ।