भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई भोलि अदालत पेश गरिने

June 30, 2024
- ADVERTISEMENT -

काठमाडौँ, असार १६- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई सोमबार अदालत पेश गरिने भएको छ ।

शुक्रबार राति पक्राउ परेका थापालाई नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा सुनुवाइका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

तर उक्त मुद्दामा आइतबार सुनुवाइ नै भएन । आइतबार पालो नआएको भन्दै पुनः सोमबार ल्याउन अदालतले आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । ‘आज नभ्याउने भएकाले भोलि पुनः अदालत पेश गर्न आदेश भएको छ । अब भोलि अदालत पेश गछौं ।’

- ADVERTISEMENT -

Advertisement

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा थापाविरुद्ध प्रहरीले यसअघि नै अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको छ । १० जेठ २०८० मा मुद्दा दायर भएका ३० प्रतिवादीमध्ये थापासहित केही व्यक्ति फरार थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -