काठमाडौं, असार १६-
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।
- ADVERTISEMENT -
पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
- ADVERTISEMENT -
उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
- ADVERTISEMENT -