बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति

June 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं, असार १६-

 जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ । अदालतले आइतबार झालाई  ७ दिन थुनामा राख्न अनुमति दिएका हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

शुक्रवार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत पेस गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

प्रहरीले बेचनलाई भारतबाट समातेर शुक्रवार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो  । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -