‘एसईईमा हामीले पढाइको नतिजा खोज्यौं, सिकाएनौं’

June 30, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार १६- विद्यालय शिक्षा परीक्षा (एसईई) मा सामेल बहुमत विद्यार्थी (५२.१४ प्रतिशत) असफल भएका छन् । यो असफलताबारे विभिन्न कोणबाट टिप्पणी भइरहेको छ । असफलताको जिम्मेवारी लिन शिक्षकहरू तयार छैनन्, न त्यसो गर्न उनीहरू बाध्य नै छन् । न त तालुकदार मन्त्रालयको नेतृत्व गरेका मन्त्री र कर्मचारीहरूमै त्यो संवेदनशीलता देखिन्छ । नैतिकताको संकट मुलुककको कार्यकारी प्रमुखदेखि कार्यालय सहयोगीसम्म विस्तार भएको छ । प्रधानमन्त्रीको सचिव मानिने बहालवाला मुख्यसचिव भ्रष्टाचारको काण्डमा निलम्बित हुन्छन् । तर प्रधानमन्त्री सुशासनको भाषण गरेर थाक्दैनन् । अदालतबाट न्याय, पुलिसबाट अनुसन्धान, पत्रकारबाट समाचार, कर्मचारीबाट सुशासन, अस्पतालबाट उपचार र स्कुलबाट शिक्षाको ज्योति दुर्लभ बन्दै गएको छ । यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई परीक्षाको नतिजाले देशको शैक्षिक जग कमजोर मात्र देखाएको छैन, विद्यार्थी फेल भएको रमिता हेर्ने शिक्षकको चरित्रमा कहिले सुधार आउँछ भन्ने प्रश्न पनि उठाएको छ । परीक्षा दिएका विद्यार्थीमध्ये ५२.१४ प्रतिशत अनुत्तिर्ण भएका छन् । अर्को वर्षको परीक्षामा सुधार ल्याउन सरकारी कार्यक्रम कस्तो हुन्छ ? कसैलाई पत्तो छैन । के विद्यार्थी असफलताको स्वामित्व शिक्षकले लिनुपर्दैन ? यो प्रश्नको जवाफ हामीले काठमाडौंका केही स्वनामधन्य सामुदायिक विद्यालयका शिक्षकलाई सोधेका थियौं ।

‘शिक्षा सिरिन्जबाट दिन मिल्दैन’
पवित्रा सुवेदी, रत्नराज्य स्कुल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -