दोहोरो अंकले घट्यो नेप्से

June 30, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार १६ –आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.८३ अंकले घटेको  छ । साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेप्से घटेर २०३७.०९ को अंकमा आएको हो ।

आइतबार भएको शेयर कारोबारमा १९० वटा कम्पनीको शेयर मूल्य घट्यो भने जम्मा ४९ वटा कम्पनीको मात्रै शेयर मूल्य बढ्यो । त्यस्तै ७ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएन ।

आज नेप्सेमा ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

- ADVERTISEMENT -

Advertisement

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाए भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -