काठमाडौँ, असार १६ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ताटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच छलफल भएको छ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच आइतबार दिउँसो भेटवार्ता भएको थियो। उनीहरूबीच करिब एक घन्टा एक्लाएक्लै छलफल भएपछि उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछाने पनि पुगेका हुन्।
- ADVERTISEMENT -

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
- ADVERTISEMENT -

‘प्रधानमन्त्री, एमाले अध्यक्ष र रास्वपा सभापतिबीच छलफल भएको हो,’ प्रधानमन्त्री दाहालको सचिवालय स्रोतले भन्यो।
- ADVERTISEMENT -

यसैबीच शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालकोटस्थित निवासमै पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका थिए।
- ADVERTISEMENT -

देउवा र ओलीबीच तीन घन्टा कुरा भए पनि के-के विषयमा केन्द्रित थियो भन्ने सार्वजनिक भइसकेको छैन।