भागबन्डा मिलाउन मुख्यमन्त्री सोडारीले फुटाए ४ मन्त्रालय

June 30, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुदूरपश्चिम, असार १६ – सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ।

आइतबार प्रदेशका चार मन्त्रालय फुटाएर बिनाविभागीय पाँच जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकीएको हो।

- ADVERTISEMENT -

Advertisement

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइएर अरू चार वटा मन्त्रालय बनाइएको छ।

- ADVERTISEMENT -

Advertisement

सुदूरपश्चिममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेका थिए। अब भने मुख्यमन्त्री तथा परिषद्को कार्यालयसहित ११ मन्त्रालय बनाइएको छ।

- ADVERTISEMENT -

Advertisement

मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सचिवालयका अनुसार चार वटा मन्त्रालय फुटाएर बिनाविभागीय पाँच जना मन्त्रीलाई जिम्मेवारी दिइएको हो।

जसअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेकपा (माओवादी केन्द्र) का अक्कल रावललाई जनस्रोत तथा सहरी मन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री सोडारीले बताए।

यस्तै सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर नेकपा (एमाले) का वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ।

एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री सोडारीले गत जेठ २८ गते सात जनालाई मन्त्रीमा नियुक्त गरेका थिए।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला मन्त्री र माओवादी केन्द्रका ओमविक्रम भाट सरललाई सामाजिक विकास मन्त्री जिम्मेवारी दिइएको थियो।

मन्त्रीमा नियुक्त भएका ५ जनाले भने जिम्मेवारी पाएका थिएनन्।

त्यसअघि जेठ ६ मा उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार र जेठ १८ टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरिएको थियो।

सरकारमा रहेका दललाई भागबण्डा मिलाउन प्रदेशमा मुख्यमन्त्री सहित ११ जना मन्त्री बनेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -