खोटाङ, असार १६- खोटाङमा छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।
हलेसी तुवाचुङ नगरपालिकास्थित एक विद्यालयका ५८ वर्षीय शिक्षक पक्राउ परेका हुन्।
- ADVERTISEMENT -
उनलाई खोटाङ जिल्ला प्रहरी कार्यालयको टोलीले सनिवार साँझ पक्राउ परेको हो।
- ADVERTISEMENT -
प्रहरीले विद्यालयमा एउटा विद्यार्थी पीडित छ भन्ने गोप्य सूचना पाएको थियो। सोही सूचनालाई पछ्याउँदै अनुसन्धान गर्ने क्रममा शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक हरी बरालले जानकारी दिए।
- ADVERTISEMENT -
‘फागुनदेखि बालिकामाथि यौन शोषण हुँदै आएको अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘महिला सेलका प्रहरीले बालिकाको बयान लिने काम गरिरहेको छ।’
- ADVERTISEMENT -
बालिकासँग सोधपुछ गरेसँग कानुनी प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ। साथसाथै जिल्ला अदालतबाट आइतबार म्याद थप गरी अनुसन्धान अगाडि बढाउने उनले जानकारी दिए।