घट्यो सेयर कारोबार

June 29, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार १५- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकभन्दा बढीले घटेको छ । साताको ५ कारोबार दिनमध्ये ३ दिन घटेको थियो । यस्तै २ दिन परिसूचक बढ्यो । यससँगै नेप्से परिसूचक २०५१ अंकमा आइपुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

यो साता नेप्से परिसूचक २०६८ बाट सुरु भएको थियो । साताका पाँच कारोबार दिनमध्ये आइतबार ५.३७ अंक, बुधबार ११.६० अंक र बिहीबार ८.२४ अंकले परिसूचक घट्यो । यस्तै सोमबार ३.२१ अंक र मंगलबार ५.६० अंकले परिसूचक बढेको थियो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

यो साता नेप्सेमा २१ अर्ब २० करोड रुपैयाँ हाराहारीको कारोबार समेत भएको छ । आइतबार ४ अर्ब ३२ करोडको कारोबार हुँदा सोमबार ५ अर्ब २ करोडको कारोबार भएको थियो । यस्तै मंगलबार ४ अर्ब १७ करोड, बुधवार ४ अर्ब २ करोड र बिहीबार ३ अर्ब ६३ करोडको कारोबार भएको थियो ।

४ दिन कारोबार भएको नेप्सेमा गत साता साढे १६ अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको थियो । यस्तै यो साता नेप्सेको कूल बजार पुँजीकरण समेत घटेको छ । गत साता ३२ खर्ब ७९ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण यो साता ३२ खर्ब ५३ अर्ब रुपैयाँ कायम रह्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -