रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै ?

June 29, 2024
- ADVERTISEMENT -

काठमाडौँ, असार १५- राप्रपा नेपालका अध्यक्ष कमल थापाले रुसी सेनामा गएका ३५ नेपालीको मृत्यु भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई तपाईँहरू के गर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले रुसी सेनामा अवैधरुपमा कार्यरत ३५ नेपालीहरूको मृत्यु भैसकेको, युक्रेनमा ६ नेपाली बन्दी बनाइएको र हमासले गाजामा १ नेपालीलाई बन्धक बनाएको छ तर, नेपाल सरकार निरिह र अकर्मण्य रहेको टिप्पणी गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -