चितवन,असार १४ – प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन आइपुग्नु भएको छ । रत्ननगरको बछौलीमा आयोजना हुने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा भाग लिन चितवन आइपुग्नुभएको हो । आज पर्यटकीय क्षेत्र सौराहामा बस्नुहुने कार्यक्रम छ ।
अहिले ठूलो संख्यामा सौराहामा सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।
- ADVERTISEMENT -
असार १५ गते चितवनको बछौलीमा आयोजना गरिने २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवमा सहभागि भएर पश्चिम चितवनमा आयोजना हुने अर्को कार्यक्रममा सहभागिता जनाउनुहुने कार्यक्रम छ।
- ADVERTISEMENT -
पहिलो पटक काठमाडौं बाहिर धान रोपाइँको औपचारिक कार्यक्रम हुन लागेको विभागका महानिर्देशक नरहरि घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवमा धान रोप्ने मेसिनले १ हेक्टर क्षेत्रफलमा धान रोपिने छ ।
- ADVERTISEMENT -
बछुली बहुउद्देश्यीय कृषि समूहको आयोजनामा गर्न लागिएको महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरणको विषयमा समेत जानकारी दिइने छ । जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ महोत्सव गर्न लागिएको हो ।