अपांगता भएका कफी किसानहरूलाई दिगो कफी खेती तालिम

June 28, 2024
- ADVERTISEMENT -

सिन्धुपाल्चोक,असार १४- सिन्धुपाल्चोक जिल्लामा अपाङ्गता भएका कफी कृषकहरूलाई लक्षित गरी दिगो कफी खेती सम्बन्धी सम्बन्धी विशेष तालिम शुक्रबारदेखि सुरु भएको छ । दुई दिने उक्त तालिमको उद्देश्य अपाङ्गता भएका कृषकहरूलाई कफी खेतीको माध्यमबाट आर्थिक रूपमा सशक्त बनाउन आवश्यक सीप तथा ज्ञान दिलाउने रहेको छ ।

सहभागीहरूलाई दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाई आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

युरोपियन युनियनको सहयोगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम ( इयु टिआइपी ), राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी महासंघर चौतारासाँगाचोकगढी नगरपालिकाको सहकार्यमा यो तालिमको आयोजना गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजना भएको उक्त तालिमका सहभागीहरूले उन्नत र दिगो माध्यमबाट कफी खेती र फसल काट्ने प्रविधिहरू, कफी रोपण प्रविधि, गुणस्तर नियन्त्रण, र वातावरणमैत्री खेती अभ्यासहरूबारे ज्ञान आर्जन गर्दैछन् । तालिममा ३५ जना कफी कृषकको सहभागिता रहेको छ।

- ADVERTISEMENT -

Advertisement

तालिममा सहभागी सीता बस्नेतले तालिमबाट दिगो कफी खेतीका लागि सहभागीहरूलाई नयाँ ज्ञान प्राप्त भएको बनाउँदै किसानहरूले भोगेका समस्याको बारेमा फार्ममा अनुगमन गरी सहयोग गर्नुपर्ने माग गर्नुभयो । तालिमको उद्घाटन गर्दै चौतारासाँगागढी नगरपालिका वडा नं छ का अध्यक्ष शिव श्रेष्ठले कफी क्षेत्रमा स्थानीय तहमा आम्दानी र रोजगारी बढाउन कफी प्रवद्र्धनका लागि स्थानीय सरकार सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

ईयू–नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रोग्रामका कफी विज्ञ बद्रीप्रसाद बस्ताकोटी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत चन्द्र पुरी, कृषि मन्त्रालयका योजना अधिकृत विष्णु ज्ञवाली र वागवानी अधिकृत राज केसीले कफीको संभावना विश्व बजारमा प्रचुर रहेको बताउँदै देशमा नै उत्पादन र उत्पादकत्व बढाउन यस्ता क्षमता विकास तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -