चितवन, असार ८– चितवनमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापकहरुलाई जलवायू मैत्री कृषि अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको छ । कृषि विश्वविद्यालय अन्तर्गत रहेको निरन्तर शिक्षा केन्द्र र विश्व विद्यालयमा सञ्चालित युएसए आइडी कृषि उच्च शिक्षा कार्यक्रमको सहयोगमा उनीहरुलाई दुई दिनसम्म तालिम प्रदान गरिएको हो ।
विश्वविद्यालयका कृषि, वन र भेटिरिनरी संकायका प्राध्यापकहरुको क्षमता अभिबृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको निरन्तर शिक्षा केन्द्रका निर्देशक डा. नराजन भट्टराईले बताउनुभयो । नेपाल जलवायु परिवर्तन र यसको असरका हिसाबले उच्च जोखिमयुक्त देश हो । त्यसकारण उच्च शिक्षा प्रणालीमा जलवायुमैत्री कृषि सम्बन्धी विषय वस्तुहरु कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भट्टराईले बताउनुभयो ।
- ADVERTISEMENT -