कांग्रेस महामन्त्री शर्माको प्रश्न: आफ्नो व्यवसायिक साथीलाई भगाउने नियत त होइन ?

June 23, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौँ, असार ९- गृहमन्त्रीले चितवनमा दिएको अभिव्यक्तिबारे नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन् । सहकारी गठी प्रकरणमा प्रहरीले खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमा विश्वप्रकाशले प्रश्न उठाएका हुन् । उनले यो आफ्नो व्यवसायिक साथीलाई भगाउने नियत त होइन भन्ने प्रश्न उठाएका हुन्।

गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ । त्यसेले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो ?’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -