चितवनको रामपुरमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

June 23, 2024
- ADVERTISEMENT -

भरतपुर,असार ९- चितवनको रामपुरमा अचेत अबस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका १९ रामपुरस्थित लक्ष्मीचोकको घाँसे झाडीमा गोरखा जिल्ला साबिक थालजुङ गाउँपालिका १ घर भएका ५९ वर्षिय आश बहादुर कार्की शनिवार अचेत अबस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेपछि उनको शब भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -