पोर्चुगल युरोकपको अन्तिम १६ मा

June 23, 2024
- ADVERTISEMENT -

काठमाडौं, असार ९ जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह ‘एफ’ को खेलमा टर्कीलाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो ।

पोर्चुगलका लागि  बर्नार्डो सिल्भा र  ब्रुनो फर्नान्डेजले एक–एक गोल गरेका थिए भने एक गोल टर्कीबाट आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो ।

खेलको २१औँ मिनेटमा सिल्भाले पोर्चुगलका लागि सुरुवाती गोल गरेका थिए । त्यसपछि २८औँ मिनेटमा टर्कीका डिफेन्डर समेट अकायदिनले आत्मघाती गोल गरेपछि पोर्चुगल २–० गोलले अगाडि बढ्यो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, ५५औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै पोर्चुगललाई ३–० गोलको सानदार जित दिलाए ।

- ADVERTISEMENT -

Advertisement

यो जितसँगै पोर्चुगल दुई खेलबाट ६ अंकसहित समूहको शीर्षस्थानमा रहेको छ । पराजित भएको टर्की ३ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, चेक रिपब्लिक र जर्जिया १–१ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

- ADVERTISEMENT -

Advertisement

अब समूह चरणको अन्तिम खेलमा पोर्चुगल र जर्जिया तथा टर्की र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -