कालिकामा नगर स्तरीय न्यायिक समितिलाई प्रभावकारी बनाउन एकदिने क्षमता विकास तालिम

June 21, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका,असार ७ – नगर स्तरीय न्यायिक समिति तथा वडा स्तरमा रहेको मेलमिलाप समितिको कामलाई प्रभावकारी बनाउन कालिका नगरपालिकाले एकदिने क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

कालिका नगरपालिकाको न्यायिक समितिले वडा न. १ को मुनाल एण्ड मयूर रिसोर्टमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले विकास निर्माणको कामसँगै न्याय सम्पादनगर्ने महत्वपूर्ण जिम्मेवारी आफुहरुमा रहेको बताउनुभयो । स्थानीय सरकार ऐनले दिएको अधिकार अनुसार उप प्रमुखको संयोजकत्वमा रहेको न्यायिक समिति र प्रत्येक वडा अध्यक्षको संयोजकत्वमा रहेको मेलमिलाप समितिलाई प्रभावकारी बनाउन सके मात्रै नागरिकले सुशासनको अनुभुतीगर्न पाउने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले न्यायिक सम्पादनको जिम्मेवारीलाई थप प्रभावकारी कसरी बनाउने, नागरिकले वडा स्तरमै न्याय पाएको अनुभुती कसरी दिलाउने भन्ने बारे न्यायिक समिति अन्तर्गत मेलमिलाप समितिका सदस्यहरुलाई प्रशिक्षण आयोजना गरिएको जानकारी दिनुभयो । प्रभावकारी न्यायिक सम्पादनले सम्बृद्ध कालिका र सुखीकालिकाबासी भन्ने नारालाई सार्थक बनाउन महत्वपवूर्ण भूमिका खेल्नेभएकाले नगरपालिकाले यो तालिम आयोजना गरिएको उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

न्यायिक समिति सदस्य समेत रहनुभएका वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले मेलमेलाप गराउँदा आइपरेको समस्या तथा अफ्ठयाराहरु अनुभवहरु साट्दै न्याय सम्पादन सम्बन्धी थप ज्ञान हासिलगर्न तालिमले महत्वपूर्ण भूमिका खैल्ने बताउनुभयो । कानुनले दिएको अधिकार र मेलमिलाप गराउँदा नागरिकहरुले न्याय प्राप्तगरेको अनुभुती दिलाउने सक्नेगरी ज्ञानहासिल गर्न सहभागिहरुलाई सुझाव दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

न्यायिक समिति संयोजक समेत रहनुभएकी उप- प्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, न्यायिक समितिका पदाधिकारीहरु, मेलमिलाप समितिका सदस्यहरु सहभागि छन् ।

- ADVERTISEMENT -

Advertisement

सहभागिहरुलाई चितवन जिल्ला अदालतका न्यायधिश रमेश प्रसाद ज्ञवाली,  दिवाकर भट्टले न्याय सम्पादन, मेलमिलापकर्ताहरुको भूमिका, उनिहरुको अधिकार र दायित्वबारे प्रशिक्षण दिइरहनुभएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटनशत्रको सहजिकरण लक्ष्मी पोख्ररेलले गर्नुभएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -