काठमाडौंमा पेट्रोलियम हाहाकार (तस्बिरहरू)

June 17, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

काठमाडौं,असार ३- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा उपत्यकामा पेट्रोलियम संकट देखिएको छ ।

चालहरूले डिपोबाट इन्धन नउठाउँदा उपत्यकाका जसोसबै पम्पमा डिजेल र पेट्रोल रित्तिएर हाहाकार भएको हो ।

- ADVERTISEMENT -

Advertisement

निजी क्षेत्रका पम्पमा इन्धन रित्तिएपछि सोमबारदेखि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा हजारभन्दा धेरै सवारीसाधनको लाइन छ ।

- ADVERTISEMENT -

Advertisement

यी सरकारी पम्पहरूले इन्धन ओसार्न आफ्नै ट्यांकर प्रयोग गर्छन् । डिपोबाट इन्धन उठाएर उपभोक्तालाई बिक्री गरिरहेकाले अहिले ती पम्पमा उपभोक्ताको थेगिनसक्नु लाइन देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

शनिबारदेखि निजी क्षेत्रका पम्पहरूमा इन्धनको आपूर्ति नहुँदा केही सीमित सरकारी पम्पमा चाप बढेको हो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले चालकको आन्दोलन डिपोबाट इन्धन ढुवानी नहुँदा अभाव बढेको बताए ।

अत्यावश्यक वस्तु सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु वा पदार्थमा हड्ताल, बन्द वा विरोध गरी आपूर्ति प्रणालीलाई अवरोध गर्न पाइँदैन ।

अहिले आन्दोलित चालक र नेपाल आयल निगमबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता हुँदैछ । वार्ता मिलेमा आजैदेखि इन्धन संकट हल हुने बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -