कालिकामा महिलाहरुलाई आत्मनिर्भर बनाउन मुढा बनाउने तालिम

June 16, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कालिका,असार २- सीप विकास कार्यक्रम अन्तर्गत कालिका वडा नं. ४ ले आजदेखि एकहप्ते मुढा बनाउने तालिम आयोजना गरेको छ । तालिमको कालिका नगरपालिका प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख रेग्मीले सीपको विकासले नागरिकहरु आत्मनिर्भर बन्नेहुँदा नगरपालिकाले सीपमूलक कार्यक्रमलाई प्राथमिकतादिँदै आएको बताउनुभयो । नगर सभाको तयारी भैरहेको जानकारी दिँदै नगर प्रमुख रेग्मीले नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यृक्रममा पनि यस्ताखालका सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।
महिला लक्षित बजेट, कृषि लक्षित बजेट ल्याउने तयारीमा नगरपालिका रहेको उहाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

वडा नं. ४ को कार्यालय परिसरमा तालिम आयोजना गरिएको हो । गाउँघरमा सहजै पाइने बाँसबाट मुढा बनाएर आर्थिक लाभ लिन सकिने भएकाले स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

वडा सदस्य बाबुराम शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नगर उप प्रमुख विमला तामाङ, कार्यपालिका सदस्य ज्योती सुनार, नगरपालिकाका सामाजिक विकास अधिकृत समेत रहनुभएका सूचना अधिकारी प्रकाशचन्द्र पौडेल लगायत उपस्थित थिए । कार्यक्रम वडा नं। ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो।

- ADVERTISEMENT -

Advertisement

मुढा बनाउने तालिममा गैडाकोटकी सुस्मीता थापा र नन्दी थापाले सहजिकरण गरिरहनुभएको छ । तालिममा कालिका वडा नं. ४ का २२ जनाले तालिममा सहभागिता जनाएका छन्।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -