रत्ननगरमा माध्यमिक तहका शिक्षकहरुलाइ दुई दिने पुनर्ताजगी तालिम

June 15, 2024
- ADVERTISEMENT -

रत्ननगर,असार १- रत्ननगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा माध्यमिक तहका शिक्षकहरुलाइ बिषयगत तालिम अन्तर्गत गणित र बिज्ञान बिषयका मावि तहका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाइ लक्षित गरि यहि जेठ ३२ र असार १ गरि २ दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ ।

सामाजिक विकास समिति संयोजक तथा वडा नं ५ का वडाअध्यक्ष बालकृष्ण चापागाईंको सभाध्यक्षमा समुद्घाटन भएको सो तालिमको उद्घाटन समारोहमा सभाध्यक्ष चापागाईं, नगर शिक्षा समिति सदस्य नेत्र घिमिरे र चन्द्रकला पनेरू, जिल्ला समन्वय समिति सदस्य संजिव पौडेल, नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्ले मन्तव्य राख्नुभएको थियो ।

नगर शिक्षा अधिकृत सुमन सिलवालले सञ्चालन गर्नुभएको सो कार्यक्रममा कक्षा १० सञ्चालित सामुदायिक विद्यालयबाट १६ जना र संस्कृत विद्यालय सहित संस्थागत विद्यालयबाट २४ जना गरि ४० शिक्षकको सहभागीता रहेको हो ।

- ADVERTISEMENT -

Advertisement

तालिमले नयाँ परिवर्तित पाठ्यक्रममा आधारित मुल्यांकन पद्धति, शिक्षण सिकाइ क्रियाकलाप सम्बन्धि प्रवोधिकरण, कक्षाकोठामा विद्यार्थीको सिकाइ उपलब्धिमा नविनतम प्रयोग गर्न र समग्रमा पुनर्ताजगी गर्ने उद्देश्य रहेको नगर शिक्षा अधिकारी वाग्लेले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

नगरले अहिले गणित र विज्ञान बिषयका लागि लक्षित गरि तालिम ल्याएको भएपनी बिस्तारै अरु बिषय संग सम्बन्धित तालिम पनि सञ्चालन गर्ने योजना रहेको संयोजक चापागाईंले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

तालिम सञ्चालनका लागि स्थान सहजीकरण स्काइ राइडर आवासीय मावि र एकता शिशु निकेतनले गरेका हुन् । पव्लिक प्राइभेट पार्टनर्सिप अबधारणाबाट सञ्चालित यस्ता कार्यक्रमले विद्यार्थीको खस्कदो शिक्षण सिकाईमा सुधार ल्याई प्रभावकारी नतिजा हासिल हुने अपेक्षा गरिएको छ ।

तालिममा विज्ञान विषयका लागि राष्ट्रिय तालिम प्रशिक्षक विज्ञ एवं लेखक जे पि श्रीवास्तव र गणित विषयका लागि राष्ट्रिय तालिम प्रशिक्षक विज्ञ एवं लेखक सुशील खनालले प्रशिक्षण दिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -